काठमाडौं, २४ मंसिर- नेपाली कांग्रेसले उप-चुनावको समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंसिर १४ मा सम्पन्न उप(चुनावको समीक्षा गर्न कांग्रेसले पर्सि (मंसिर २६ गते) केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
बैठकमा चुनावको समीक्षासँगै समसामयिक विषयमा छलफल गरिने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । शर्माका अनुसार बैठकमा कालापानी क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमणलगायत विषयमा पनि छलफल चल्ने छ ।
उप-चुनावमा कांग्रेसले प्रदेशसभाको १, उपमहानगरपालिकाको मेयर १ र ११ स्थानमा वडाध्यक्षमा जित हासिल गरेको थियो ।