धनगढी २३ भाद्र/भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि धनगढी नगर प्याब्सनले २८ लाख ६१ हजार १० रुपैयाँ आर्थिक सहयोग गरेको छ।नगर प्याब्सनले राहत संकलन अभियान सञ्चालन गरी प्याब्सनअन्तर्गतका सदस्य विद्यालयका सञ्चालक, व्यवस्थापन, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट उक्त रकम संकलन गरेको हो।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी प्याब्सन कैलाली जिल्ला कमिटीका वरिष्ठ उपाध्यक्ष छत्रराज पण्डितमार्फत जिल्ला कार्यसमितिको समन्वयमा हस्तान्तरण गरिएको हो।नगर प्याब्सनका अध्यक्ष ध्रुवबहादुर सिंहले बाढीका कारण ठूलो जनधनको क्षति भएकाले पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको बताए। प्राकृतिक विपद्का समयमा पीडितलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएकाले विद्यालय परिवारलाई अभियानमा सहभागी गराइएको उनले बताए।
राहत अभियानमा सहभागी भई सहयोग गर्ने सदस्य विद्यालय, सञ्चालक, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई प्याब्सनले धन्यवादसमेत दिएको छ। त्यस्तै, प्याब्सनले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग आग्रह गरेको छ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष ललितराज पन्तले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यमा धनगढी नगर प्याब्सनले आफ्नो क्षमता र सामर्थ्यअनुसार निरन्तर सहकार्य गर्नुपर्ने बताए।
(बिद्यालयबाट संकलित रकम यस्तो छ)
