धनगढी, २० मंसिर
धनगढी उप–महानगरपालिका वडा नं ४ स्थीत राष्ट्रिय तुलसीराम माविमा डिप्लोमा तह कृषी पशु विज्ञानको पठनपाठन सुरु भएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उक्त तह शुक्रवार उद्घाटन गरेका हुन । पढ्दा पढ्दै अभिभावक गरिव हुने र विद्यार्थीहरुको उमेर जाने किसिमको अप्राविधीक पढाईले शैशिक बेरोजगारहरु बढेको बताउदै नगरप्रमुख वडले त्यस कारण धनगढीका सरकारी विद्यालयमा प्राविधीक शिक्षाको पठनपाठन सुरु गराएको बताए । उनले भने, अहिले गरीखाने शिक्षा आवश्यक छ ।
धनगढी उप–महानगरपालिकाले नितिगत रुपमा नै प्राविधिक शिक्षालाई प्राथमिकता दिने कुरा समावेश गरेको छ नगरप्रमुख वडले भने, सोही अनुसार नै बिभिन्न बिषयमा प्राविधीक शिक्षाको पठनपाठन सुरु गरेका छौं ।
आफ्नो टिम निर्वाचित भएर आएपछि धनगढीका ७ वटा सामुदायीक विद्यालयमा प्राविधीक बिषयको पठनपाठन सुरु गरेको नगरप्रमुख वडले बताए । उनले भने, सामुदायीक विद्यालयमा सस्तो भन्दा सस्तोमा गरिवका छोराछोरीले पनि प्राविधीक शिक्षा पढ्न पाउन भन्ने चाहनाले यस्तो गरेका हौं । अहिले डिप्लोमा तहको पढाई न्यूनतम शुल्क लिएर पठनपाठन गर्ने ब्यबस्था मिलाईएको नगरप्रमुख वडले बताए ।
प्राविधकि शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी) संगको साझेदारीमा उप–महानगरपालिका आफैले सरकारी स्तरको धनगढी पोलिटेक्नीकल ईन्सच्यूट नामक प्राविधीक शिक्षालय संचालन गरेको छ । डिप्लोमा तहको प्राविधीक शिक्षाको पठनपाठनका गराउने विद्यालयलाई एक करोडको भवन निर्माणका लागि बजेट बिनियोजन गरिएको बताईएको छ ।
राष्ट्रिय तुलसीराम मावि धनगढीमा कृषी पशुविज्ञानको पढाई सुरु
राष्ट्रिय तुलसीराम मावि धनगढीमा कृषी पशुविज्ञानको पढाई सुरु
