काठमाण्डौ,३ साउन ÷ एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ए सँगको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । कुशलले ३३ बलमै अर्धशतक बनाउँदा ८ चौका र २ छक्का प्रहार गरे ।
नेपालले यूएईले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याइरहेको छ । ताजा अवस्थामा नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाएर ७३ रन बनाएको छ ।