जोशीपुर १७ फागुन/ कैलालीको जोशीपुर गाउँपालिकामामा रहेको रोजगार सेवा केन्द्रले बेरोजगारीलाई सूचिकृत हुन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रले आर्थिक अवस्था न्यून रहेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारहरूसँग निवेदन दिन आग्रह गरेको छ ।
प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिना भरी आर्थिक वर्ष २०७९/०८० को लागि निवेदन माग गरेको छ । त्यसका लागी रोजगार सेवा केन्द्रले श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार नागरिकको अधिकार कार्यक्रम संचालन गरीएको छ ।
पालिकाका वडा नम्बर १,२ र ३ का १८ देखि ५९ वर्ष उमेर समूहका महिला, आदिवासी, जनजाति, मधेसी, दलित तथा अन्य सीमान्तकृत समुदायको सहभागितामा अभिमुखीकरण कार्यक्रम संचालन गरेको रोजगार सेवा केन्द्रका संयोजक सुशीला देउवा बमले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम के हो रु सूचीकृत हुने प्रक्रिया , समय र आयोजनाका बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा रोजगार सेवा केन्द्रका संयोजक सुशीला देउवा, प्राविधिक सहायक दिवाकार चौधरीले सहजीकरण गरेको कार्यक्रममा संचालन रोजगार सहायक स्मित कठरियाले गरेका थिए । यो कार्यक्रम पालिकाका अन्य वडामा समेत संचालन हुने शाखा प्रमुख सुशीला देउवाले जानकारी दिए ।