बझाङ, २६ असोज । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका वडा नम्बर ५ लुयाटा डिलका लालबहादुर थापाको चट्याङ लागेर मृत्यु भएको छ।
लेक खर्कमा बस्ने ५१ वर्षका थापाको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले जानकारी दिए। थापाको मंगलबार दिउँसो चट्याङ लागेर मृत्यु भएतापनि आज बुधबार मात्रै जानकारी भएको वडा अध्यक्ष थापाले बताए।