धनगढी, १५ असोज । धनगढीमा मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते भएका छन । मोटरसाइकलले छाडा गाईलाइ ठक्कर दिदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हन । अत्तरियाबाट धनगढी तर्फ आइरहेको सुपप्र ०१ ००८ प ६७९३ नम्बरको मोटरसाइकलले धनगढी वडा नम्बर –१३ मा छाडा गाईलाइ ठक्कर दिएको हो ।
गाईलाइ ठक्कर दिँदा चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने घनस्याम उपाध्याय गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
यस्तै मोटरसाइकलमा सवार बझाङको बुङ्गल नगरपालिका ८ बस्ने ३३ वर्षीय कृष्ण जाग्री घाइते भएका छन्। दुबैको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।