• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

एमाले नेता राईले  प्रमुख प्रशासकीय अधिकृतलाई दिए ‘समाप्त’ पारिदिने धम्की

काठमाडौं,१४ असोज। धनुकटाका एमाले नेता एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएका छन् । राईले बिहीबार अपराह्न टेलिफोन गरी पौडेललाई धम्क्याएका हुन् ।

पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । पौडेलले भने, ‘हिंजो चारदेखि पाँच बजेको बीचमा मलाई धम्की आयो । आज प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ज्यूज्यानको सुरक्षा चाहियो भनेर पत्र पठाएको छु ।’

सामाजिक सन्जालमा सार्वजनिक भएको टेलिफोन सम्वादमा राईले पौडेललाई सरुवा भएर नगए अस्तित्व ‘समाप्त’ पारिदिने धम्की दिएका छन् । उनले भनेका छन्, ‘मैले भन्दिएको छु नि तपाईंको अस्तित्व म समाप्त पार्दिन्छु ।’

पौडेलले ‘के गर्या छुर हजुर मैले त्यस्तो रु’ भनेर सोध्दा राईले उत्तर दिएका छैनन् । उनले भनेका छन्, ‘तपाईंलाई कसैले जोगाउन सक्दैन, शेरबहादुर देउवा आए पनि, तपाईंको रामचन्द्र पौडेल आए पनि जोगाउन सक्दैन, तपाईं खुरुक्क जाने अब सरुवा लिएर । त्यो राम्रो हुन्छ । कुनै घटना घट्यो भने मलाई नभन्नु ।’

त्यसपछि फेरि पौडेलले के गरेंर मैले भन्नु न त रु भनेर सोधेका छन् । त्यसपछि राई भन्छन्, ‘तपाईं जस्ता कति मान्छेलाई झुण्ड्याएर हान्दिएको छु मैले थाहा छ रु झुण्ड्याएर हान्न बाँकी छ । म आउँछु कुन दिन । तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो ।’

पौडेलले हेपेको र दादागिरी चलाएको आरोप राईले लगाएका छन् । पौडेलले भने नगरपालिकालाई सिस्टममा चलाउन खोज्दा धम्की आएको बताएका छन् । ‘नगरप्रमुख ज्यू र हामीहरु मिलेर सिस्टममा चलाइरहेका छौं । त्यसो गर्दा विगतको क्रम भंग भएपछि विभिन्न बाधा अवरोधहरु सहनु परिरहेको छ,’ उनले  भने ।

 

शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.