कैलाली, ३० कार्तिक- सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले पर्यटकिय क्षेत्रमा युवा व्यवसायीहरुको लगानि आवश्यक रहेको बताएका छन् ।
कैलालीको चुरे गाउँपालिका ५ खानिडाँडामा ‘बझाङ्ग एण्ड धनगढी गेष्ट हाउस’ उद्घाट् गर्दै नेता रावलले खानिडाँडा जस्तो पर्यटकीय क्षेत्रमा उद्यमीहरुको लगानि हुन जरुरी रहेको बताए ।
नेता रावलले युवाहरु व्यवसायी बन्नु खुशीको कुरा भएको बताउदै, अहिलेको अवस्थामा उद्यम व्यवसायमा राज्यको खास लगानि नभएको अवस्थामा निजी क्षेत्रका लगानि आवश्यक रहेको बताए ।
खानिडाँडा पर्यटकहरुका लागी आर्कषक केन्द्र भएको बताउदै यो क्षेत्रमा होटल व्यवसायको लागी राम्रो सम्भावना भएको बताए । यस क्षेत्रको पर्यटकिय विकासका लागी युवा व्यवसायीहरुको लगानि हुनु जरुरी रहेको धारणा राखे । स्थानिय स्तरमै व्यवसाय सञ्चालन गरी युवाहरु स्वरोजगार बन्नु र अरुलाई रोजगारी दिनु खुशीको कुरा भएको बताएका छन् ।
१५ लाखको लगानीमा हरेन्द्र ऐडीले खानीडाडामा बझाङ्ग एण्ड धनगढी गेष्ट हाउस सचालन गरेका छन् । पर्यटकीय क्षेत्रमा बिकासका लागि पनि भएप पनि यस क्षेत्रमा नजी क्षेत्रको लागानी गरेको संचलक ऐडीले बताए । होटलमा आउने पर्यटकलाई सेवामा सबै सबीधना रहेको बझाङ्ग एण्ड धनगढी गेष्ट हाउसका संचालका ऐडीले बताए ।


