काठमाडौँ, ९ फाल्गुन । नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार २ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि ९५ हजार ७ सय रुपैयाँमा आइपुगेको छ। चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।