काठमाडौँ, ८फाल्गुन । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य एक सय रुपैयाँ प्रतितोला बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ९६ हजार छ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुन ९६ हजार प्रतितोलामा कारोबार भएको थियो।सय रुपैयाँ बढेसँगै आज छापावाल सुन ९६ हजार ६ सय रुपैयाँमा र तेजाबी सुन ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
चाँदीको मूल्य भने आज स्थिर छ। शुक्रबार प्रतितोला एक हजार तीन सय पाँच रपैयाँमा कारोबार भएकामा आज पनि उही मूल्यमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔँस १.८४ अमेरिकी डलरले घटेर एक हजार आठ सय ९७.३६ डलरमा कारोबार भएको छ।