काठमाडौ, २८ माघ ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सयले बढेर ९४ हजार तोकिएको छ। पहेँलो सुन अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९ सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४ सय तोकिएको थियो।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम भएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय
बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।