काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने भएका हुन्।
देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्। आजै अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवटार) मा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ।