धनगढी , ३० भदौ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कैलालीको ७ औँ जिल्ला अधिवेशन धनगढीमा उद्घाटन गरिएको छ। अधिवेशनमा राप्रपाका केन्द्रीय नेताहरूसहित जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।
अधिवेशनको उद्घाटन कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, पार्टी प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलगायत केन्द्रीय नेताहरूको सहभागिता रहेको थियो।
अधिवेशनमा जिल्लाको सांगठनिक अवस्था, पार्टीको आगामी रणनीति तथा संगठनलाई थप मजबुत बनाउने विषयमा छलफल हुने बताइएको छ।
उद्घाटन सत्रमा राप्रपाका नेता तथा कार्यकर्ताले पार्टीको विचार, नीति र संगठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन्।
कैलालीमा राप्रपाको संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको अधिवेशनमा जिल्लाका विभिन्न क्षेत्रबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ।