काठमाडौँ, २७ पुस । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा पुगेको छ। त्यस्तै चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ।