काठमाडौं ,१८ पुस । साताको पहिलो दिन आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।