• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीमा कोरोना संक्रमितको जीवन रक्षा गर्न अभियान नै सुरु

"अक्सिजन प्लान्टका लागि व्यवसायी चौधरीद्वारा २० लाख सहयोग "

धनगढी: सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि अक्सिजन व्यवस्थापनलाई जोड दिइएको छ।

प्रदेशमा स्थानीय तह र निजी क्षेत्रबाट अक्सिजन प्लान्ट जडान र अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि विभिन्न अभियान चलाइएको छ।

प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट जडान, अक्सिजन सिलिण्डर व्यवस्थापनलगायत कोभिड–१९ को नियन्त्रणका लागि मेयर कल्याणकारी कोष नै स्थापना गरेको छ।

कोभिड–१९ जोखिम नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरिएको मेयर नृपबहादुर वडले बताए। कोष स्थापना गरिएको तीन दिनको अवधीमा मात्रै साँढे कोषमा ३१ लाख जम्मा भएको छ।

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्न दातृ निकाय, सहयोगी दाता, संघ संस्था, उद्योगी, व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन्।

अक्सिजन प्लान्टका लागि व्यवसायी चौधरीद्वारा २० लाख सहयोग

कल्याणकारी कोष अभियानअन्तरगत अक्सिजन प्लान्ट स्थापना गर्न धनगढीका व्यवसायी सञ्जयकुमार चौधरीले सहयोग गरेका छन्। मेयर कल्याणकारी कोषमा चौधरी बुक डिपोका सञ्चालक चौधरीले २० लाख रकम सहयोग गरेको उपमहानगरपालिकाका आन्तरिक लेखा अधिकृत लेखनाथ ओझाले बताए।

कांग्रेस नेतृ देउवाद्वारा १० लाख सहयोग

अक्सिजन प्लान्ट स्थापना गर्नका लागि कांग्रेस नेतृ आरजु राणा देउवाले १० लाख सहयोग गरेकी छन्। मेयर कल्याणकारी कोषमा उनले रकम जम्मा गरेकी हुन्।

रोटरी क्लब धनगढीको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान

सुदूरपश्चिममा अक्सिजनको अभावमा कोभिड सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान सुरु गरेको छ। सो अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ। संस्थाले रोटरी १० लाख आर्थिक सहयोग गरेको हो।

संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले भने, ‘कोरोना सङ्क्रमितको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिएको हो।’ कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १०० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ।

यस्तै धनगढीकै दिनेश फाउण्डेशनका प्रमुख श्याम हमालले रोटरी क्लबले चलाएको उक्त अभियानमा आर्थिक सहयोग गरेका छन्। उनले ५ लाख सहयोग गरेका हुन्।

ह्युमानिटी फाउण्डेसनद्धारा निःशुल्क अक्सिजन अभियान

धनगढीमै निःशुल्क अक्सिजन अभियान पनि सञ्चालन भइरहेको छ। ह्युमानिटी फाउण्डेसन नेपालले उक्त अभियान सञ्चालन गरिरहेको हो। फाउण्डेसनले अक्सिजनको अभाव झेलिरहेका संक्रमितको जीवन रक्षाका लागि थालेको निःशुल्क अक्सिजन अभियानमा विभिन्न क्षेत्रबाट सहयोग संकलन भइरहेको फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले जानकारी दिए।

ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा निशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको छ।

 

सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.