काठमाडौं : कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोजका लागि काठमाडौंमा आजदेखि खोप अभियान प्रारम्भ हुँदैछ । आज बिहान १० बजेदेखि प्रारम्भ हुने खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र तोकेको छ । यो खोप अभियान आजदेखि जेठ ११ गतेसम्म सञ्चालन हुनेछ ।
केही दिनअघि महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने बताएको हो ।
दोसूो डोजका खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने जनाएको छ । खोप बिहान १० बजेदेखि साँझ ४ बजसम्म लगाइने छ ।