धनगढी, ३० बैशाख/सुदूर पश्चिममा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा सबै भन्दा धेरै १०जनाको मृत्यु भएको छ ।कंचनपुरमा ४ जनाल मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।
यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या २७० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।प्रदेशमा बुधवार २६९ जना संक्रमण मुक्त भएका छन् ।