• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

महाकाली अस्पताल बाहिर भुइँमै उपचार

कञ्‍चनपुर : कञ्‍चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालको आकस्मिक कक्षमा शय्या अभावमा भुइँमै उपचार गर्नुपर्ने अवस्था आएको छ । आईसीयू, एचडीयू र अन्य वार्ड भरिएपछि संक्रमितलाई आकस्मिक कक्ष र बाहिरै राखेर उपचार भइरहेको छ ।

‘भित्र राख्न अक्सिजन पनि छैन, बेड भरिभराउ छन्,’ अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘बाहिर पनि भुइँमै राखेर उपचार भइरहेको छ ।’

उनका अनुसार इमर्जेन्सी वार्डका १२ बेडमा २८ जनाको उपचार गरिँदै छ । अधिकांशलाई अक्सिजन दिइएको छ । बिरामीको चाप बढेपछि अक्सिजनको पनि हाहाकार हुन थालेको छ ।

अहिले यहाँ आईसीयू, एचडीयू, वार्ड र इमर्जेन्सीमा गरी ८० जना संक्रमितको उपचार भइरहेको छ । संक्रमितका लागि बनाएको ५० बेड क्षमताको उपचार केन्द्रमा ६० जनाभन्दा बढी छन् ।

‘अवस्था जटिल बन्दै गएको छ, बिरामीको चाप थेगिनसक्नु भइसक्यो,’ डा. रोकायाले भने, ‘अब आउने बिरामीलाई कहाँ राख्ने भन्ने चिन्ता छ ।’ उनका अनुसार दैनिक २०र२५ जना जटिल खालका संक्रमित अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालमा अक्सिजनको हाहाकार हुन थालेको छ । सोमबार साँझ अक्सिजनकै अभावका कारण तीन संक्रमितको मृत्यु भएको डा। रोकायाले बताए । उनका अनुसार नेपालगन्जबाट अक्सिजन सिलिन्डर आइपुग्न केही ढिला हुँदा र यहाँको प्लान्टबाट सप्लाई बन्द हुँदा केहीबेर हाहाकार भएको हो । नेपालगञ्जबाट अक्सिजन आएपछि केही सहज भएको उनले बताए ।

‘अहिले पनि कतिबेला अक्सिजन सकिएर हाहाकार हुन्छ, भन्न सकिँदैन,’ महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘दिनमा सय बढी सिलिन्डर आवश्यक पर्छ, अहिले त्यो पनि पुर्‍याउन धौधौ भइरहेको छ ।’

उनका अनुसार अस्पताल भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीलाई अक्सिजन दिनुपर्ने हुन्छ । जतिबेला नेपालगन्ज वा धनगढीबाट अक्सिजन सिलिन्डर बोकेको ट्रक आउँछ बिरामीका आफन्त अक्सिजनका लागि हारालुछमै उत्रिन्छन् । उनीहरु अक्सिजनको खोजीमा दिनभरि भौंतारिएका हुन्छन् । आफन्तलाई अक्सिजनको जोहो गर्न हारगुहार गरिरहेका हुन्छन् ।

डिस्चार्ज हुनेभन्दा नयाँ संक्रमित थपिनेको संख्या बढी भएका कारण बेडदेखि अक्सिजन अभाव भइरहेको अध्यक्ष जोशीले बताए । ‘अब जनशक्तिको पनि अभाव चर्किन थालेको छ,’ उनले भने, ‘डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु एकैपटक ठूलो संख्यामा संक्रमित भएपछि झनै समस्या भएको छ ।’ उनका अनुसार अहिले १० जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । उनीहरु कतिपय होम आइसोलेसन र अस्पतालकै क्वार्टरमा बसेका छन् ।

बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.