एकेन्द्र चन्द, डोटी : डोटीको बडिकेदार गाँउपालिकामा अक्सिजनसहित कोरोना संक्रमितको उपचार भइरहेको छ। गाउँपालिकामै स्थापना गरिएको कोभिड–१९ अस्पतालमा अक्सिजनसहित संक्रमितको उपचार भइरहेको हो।
१० बेडको आइसोलेसनमा अक्सिजन सिलिन्डरको समेत व्यवस्था गरेर सोमवारदेखि उपचार सुरु गरेको गाँउपालिकाले जनाएको छ।
उपचारमा एमबीबीएस डाक्टरसहित अन्य स्वास्थ्यकर्मीहरु खटिएका छन्। अहिले एक जना संक्रमितको उपचार भइरहेको एमबीबीएस डाक्टर सुरज श्रेष्ठले बताए।