अछाम : अछामका एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ।
जिल्लाको मंगलसेन नगरपालिका ५ का ४० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या भई अक्सिजनको मात्रा कम हुन थालेपछि काठमाडौं लगिएको बताइएको छ।
ती पुरुषमा यही वैशाख २० गते कोरोना भाइरसको संक्रमण पुस्टि भएको थियो। उनको सोही दिनदेखि जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको थियो।