• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अलपत्र बन्यो डोटीमा मुक्त हलियाको नमुना बस्ती

धनगढी: प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी(झिग्राना सडकसँगै जोडिएको डाँडा, डाँडामा बनेका साना होचा घर । टिनको छानो, झ्याल, ढोका केही छैन । कुनै टहराभित्र गाईवस्तुहरुको गोबर, कसैको छानो नै उठेको । निर्माणाधीन सडकबाट उड्ने धुलोले खण्डहर बस्तीलाई जिस्काइरहेको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका(२ बगलेग नजिकको जंगलको दृश्य हो यो । यी टिनका टहरा न त व्यापारिक प्रयोजनका लागि बनेका हुन्, न धर्मशाला । मुक्त हलियाहरुको नमुना बस्ती कार्यक्रम अन्तर्गत बनेका घर हुन् । २०६५ साल भदौ २१ गते सरकारले न्यायिक पुनर्स्थापनाको ग्यारेण्टी सहित हलिया मुक्तिको घोषणा गरेको थियो । सोही अनुसार मुक्त हलियालाई क, ख, ग र घ गरी चार वर्गमा बाँडी पुनर्स्थापना शुरु गर्‍यो ।

मुक्त हलियाको नाममा जमिन पास भई भवन निर्माण पनि भए, तर तीन वर्ष बित्न लाग्दा समेत मुक्त हलियाको बस्ती बसेन । भवनको अवस्था हेर्दा घरभित्र बस्न सक्ने अवस्था पनि देखिंदैन । १८ मध्ये सात घरको छाना उडाएको छ । अन्य घरहरु पनि जीणर् बन्दै गएका छन् ।

मुक्त हलियाको बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत जस्ता न्यूनतम पूर्वाधार नजिकै भएको हुनुपर्ने कार्यविधिमा उल्लेख भएपनि जंगलमा बस्ती टहरा बनाउँदा बस्ती बस्न सकेन । न खानेपानी छ, न विद्युत छ, न विद्यालय नै ।सरकारले सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन गरी १२ जिल्लामा मुक्त हलिया पुनर्स्थापनाका लागि ठूलै धनराशी खर्च गर्‍यो, तर हातमा लाग्यो शून्य बराबर भएको छ ।

मुक्त हलिया पुनर्स्थापनाकै नमुना हो यो पनि । क वर्ग ९घर जग्गा केही नभएका० मुक्त हलियाहरुको नमुना बस्ती बनाउनका लागि जमिन खोज्न गैरहलियाहरु र पुनर्स्थापनाको जिम्मा पाएको मालपोत कार्यालयका कर्मचारीहरुकै चलखेल भयो । १८ परिवारको नमुना बस्ती बनाउने भन्दै २०७५ असारमा जंगलमा जमिन खरिद गरियो ।
‘नमुना बस्ती’ घर रहेकी मुक्त हलिया चन्नरी कोलीले भनिन्, ‘सरकारले घर त निर्माण गर्‍यो तर पानी, बिजुली, विद्यालय छैन, हाम्रो त्यहाँ बस्न सक्ने अवस्था छैन । पानी नै नभएको ठाउँमा हामी कसरी बस्न सक्छौं रु’ पानी छैन भन्ने पहिला जानकारी थिएन र रु’ कोलीले भनिन्, ‘हामीलाई यहीं जग्गा किन्नुपर्छ भनियो, गाडीमा लगे, ल्याए जहाँ औंठाछाप लगाऊ भने हामीले त्यहीं लायौं ।’ उनको परिवार उक्त नमुना बस्ती भन्दा करिब डेढ घण्टाको दूरीमा वर्षौदेखि अर्काको जमिनमा घर बनाएर बस्दै आएको छ ।

किन बस्न सकेन त बस्ती रु हलिया मुक्ति आन्दोलनका अभियन्ता गोरखबहादुर सार्की भन्छन्, ‘बस्ती बसाउनका लागि त्यो ठाउँ रोजिएकै हैन ।’ कसैले जग्गा बेच्नु पर्ने, कसैले कमिसन खानु पर्ने भएकाले सोझा मुक्त हलियालाई फसाएर उक्त ठाउँमा टहरा बनाइएको उनी बताउँछन् । सायल गाउँपालिका(३ वडाध्यक्ष गोरख सार्की हलिया मुक्ति अभियन्ता उक्त बस्तीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा रहेको आफूले सुनेको बताउँछन् ।

उनी भन्छन्, ‘अख्तियारमै मुद्दा भएका कारण अहिले धेरै बोल्नु उपयुक्त छैन ।’ उनले अख्तियारले दोषीमाथि कारवाही गर्ने कुरामा आफू विश्वस्त रहेको समेत बताए । आफूले त्यतिबैलै डोटीका प्रमुख जिल्ला अधिकारी एवं मुक्त हलिया समस्या समाधान जिल्ला समितिलाई यस विषयमा ध्यान दिन आग्रह गरेको समेत सार्की बताउँछन् ।

जग्गा खरिदका लागि दुई लाख र घर निर्माणका लागि तीन लाख २५ हजार गरी प्रतिपरिवार पाँच लाख २५ हजार रकम सरकारले उपलब्ध गराएको थियो । यस आधारमा १८ परिवार ९४ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । तर उक्त रकम प्रयोगविहीन भएको छ ।

 

बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.