• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सङ्क्रमित बोक्नै मान्दैनन् डोटीका एम्बुलेन्स चालक

डोटी : पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् ।

चालकले सङ्क्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ । कोराना भाइरसका सङ्क्रमित बिरामीलाई बोक्नका लागि डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको आरोप लागेको छ ।

कोरोना सङ्क्रमित बिरामीका आफन्तहरुले फोन गर्दा चालकले आफूहरुसँग कोरोनाबाट जोगिने कुनै पनि सुरक्षा सामग्री नभएका कारण बोक्न नसक्ने भन्दै आलटाल गर्ने गरेको स्थानीयवासी हर्कबहादुर धामीले बताए ।

उनले भने, “कोरोना सङ्क्रमित बिरामी लैजान एम्बुलेन्स चालकलाई फोन गर्दा कुन बिराम भएको हो भन्छन्, कोरोना भनेपछि बोक्नै मान्दैनन् ।” एम्बुलेन्स चालकहरुले नै कोरोना सङ्क्रमित बोक्न नमान्ने गर्न थालेपछि यहाँका गाउँघरमा बिरामी भएकाहरुलाई जिल्ला सदरमुकामका अस्पताल तथा जिल्लाबाहिर लैजान निकै समस्या हुन थालेको स्थानीयवासीको गुनासो छ ।

कोभिड नियन्त्रणसम्बन्धी न्यूनतम सुरक्षा तथा सावधानी नभएको अवस्थामा एम्बुलेन्समा बिरामी बोक्न समस्या रहेकाले बोक्न केही असहज भएको एम्बुलेन्स चालकहरुको भनाइ छ । कोरोना सङ्क्रमित बिरामीलाई बोक्नलाई कुनै पनि सामग्री नभएका कारण समस्या हुँदै आएको र बिना सुरक्षा बिरामी बोक्न नसकिने केआइसिंह गाउँपालिकाका एम्बुलेन्स चालक खगेन्द्र बोगटीले बताए । उनले भने, “सुरक्षा सामग्री छैन, हामी हाम्रो ज्यान खतरामा राखेर बिरामी ओसार्न सक्ने पक्षमा छैनौँ । सुरक्षा र सावधानीबिना काम गर्न कसरी सकिन्छ रु”

अधिकांश एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न अस्वीकार गरेका छन् । उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दैन भन्न नमिल्ने र त्यसो गरेको प्रमाणित भए कारवाही हुने बताए । उनले भने, “एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दिन भन्न कुनै हालतमा पनि पाउँदैनन, आफ्नो सुरक्षा सावधानी अपनाएर समस्या परेका बखत बिरामी बोक्नै पर्छ ।”

जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गए पनि उनीहरुलाई अस्पतालसम्म पु¥याउन पर्याप्त एम्बुलेन्स नहुँदा झनै समस्या उत्पन्न भएको बताइएको छ । जिल्ला सदरमुकाम सिलगढीमा केही दिन यतादेखि एम्बुलेन्सको अभाव देखिएको छ । सदरमुकाममा जम्मा दुई वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

जिल्ला अस्पताल डोटीका दुई र दिपायल सिलगढी नगरपालिकाको एक एम्बुलेन्स प्रयोगमा नरहेका कारण एम्बुलेन्स अभाव देखिएको स्थानीयवासी तथा सञ्चारकर्मी कर्ण चन्दले जानकारी दिए । एम्बुलेन्स बिग्रिएपछि मर्मत नभएका कारण जिल्ला सदरमुकाममै एम्बुलेन्सको अभाव देखिएको हो ।

दिपायलमा रहेको शैलेश्वरी अस्पताल र चोपडा अस्पतालका दुई वटा मात्र एम्बुलेन्स प्रयोगमा रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्ला अस्पताल डोटीको एक एम्बुलेन्स बिग्रिएको र अर्को सेती प्रादेशिक अस्पताल कैलालीमा रहेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्स पनि बिग्रिएको र मर्मतका लागी कैलालीमा लगिएको नगर प्रमुख मञ्जु मलासीले बताईन् । उनले भनीन्, “हामीसँग भएको एउटा एम्बुलेन्स बिग्रेका कारण मर्मतका लागि पठाएका छौँ, एम्बुलेन्स मर्मत भएर आएको छैन, आएपछि सञ्चालन हुन्छ ।”

यसैगरी पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको ५० शय्याको सुजङ अस्पताल पनि एम्बुलेन्स विहीन छ । जिल्लाभरिमा कुल १५ वटा एम्बुलेन्स रहेको अवस्थामा जिल्ला सदरमुकाम सिलगढीमा रहेका तीन वटा एम्बुलेन्स एक साथ बिग्रँदा एम्बुलेन्सको अभाव भएको हो ।

डोटी जिल्लामा नौ वटै स्थानीय तहमा रहेका एम्बुलेन्सले स्थानीय तहभित्र भएका बिरामी बोक्ने गरेका छन् । अहिले १२ वटा एम्बुलेन्स मात्र सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक तेजवीक्रम शाहीले जानकारी दिए ।

सङ्क्रमित तथा अन्य बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर उपचारका लागि लैजान एम्बुलेन्स नहुँदा समस्या हुने गरेको उनको भनाइ छ।–रासस

बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.