धनगढी २३ बैशाख/कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार गरिएको पीसीआर परीक्षणमा प्रजिअ रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो।
प्रजिअ रिजालले सामाजिक सञ्जालमार्फत आफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छ्न्। अब प्रमुख जिल्ला अधिकारी होम आईसुलेसनमा बस्नेछन् । उनको अबस्था अहिले सम्म सामन्य रहेको बताईएको छ ।