• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कोरोनाविरुद्धको लडाइँ : थप ४४६ स्वास्थ्यकर्मी भर्ना गर्दै सुदूरपश्चिम सरकार

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार कोभिडविरुद्धको लडाइँमा सक्रिय बनेको छ। प्रदेशमा संक्रमण बढिरहेका बेला प्रदेश सरकारले करिब साढे चार सय जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको हो।

रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करार भर्ना गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यस्तै, प्रदेश मातहतमा रहेका अस्पतालहरूलाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागि निर्देशन दिइसकेको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले बताए। मन्त्री सुवेदीले भने, ‘कोभिड–१९ सँग लड्नका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन, हामीले जनशक्ति भर्ना मात्रै होइन, अस्पताललाई आवश्यक पर्ने प्रविधि तथा अक्सिजन खरिदको प्रक्रिया पनि थालेका छौँ।’

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुलामा आवश्यक पर्ने चार सय ४६ जना जनशक्ति भर्ना गर्न अस्पतालाई अनुमति प्रदान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अक्सिजन उद्योगको अनुगमन, पूरा क्षमताअनुसार उत्पादन गर्न निर्देशन

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको नेतृत्वको टोलीले धनगढीस्थित मालिका अक्सिजन ग्यास उद्योगको बुधबार अनुगमन गरेको छ। सामाजिक विकास मन्त्री सुवेदीले उद्योगको अनुगमन गर्दै पूरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न निर्देशन दिए।

मन्त्री सुवेदीले भने,‘उद्योग सञ्चालन गर्न कठिनाइ भए हामीलाई भन्नुहोस्, हामीले के सहयोग गर्नुपर्छ गर्छौं। तर, अस्पताललाई आवश्यक ग्यास उपलब्ध गराउनुहोस्। ग्यास सञ्चालनका लागि पेस्की रकम, जनशक्तिको व्यवस्थापन, विद्युतीय समस्यालगायतका समाधान गर्न मन्त्रालयले पूरा साथ दिनेछ।’ सरकारी अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्ने उनले बताए।

सेवा निवृत्त चिकित्सकहरूलाई सहयोग गर्न अपिल

सेती प्रादेशिक अस्पतालले सेवा निवृत्त चिकित्सकहरूलाई उपचारमा सहयोग गर्न अपिल गरेको छ। अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सार्वजनिक सूचना जारी गर्दै सेवा निवृत्त चिकित्सकहरूलाई विपदको अवस्थामा उपचारमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन्।

उनले अस्पतालमा आएर अन्य व्यवस्थापकीय सहयोग गर्न पनि आग्रह गरेका छन्। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएको छ।

 

बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.