धनगढी २२ वैशाख। आज देशभर आंशिकदेखि पूर्ण मौसम बदली हुने सम्भावना छ।
पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण प्रदेश–१, प्रदेश–२ र बागमतीका केही स्थानमा स्थानहरुमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी,लुम्बिनी,बागमती, सुदूरपश्चिम र प्रदेश–२ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।