धनगढी २१ वैशाख। मंगरवार सुदूरपश्चिमका थाप १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण १ सय ७५ जनामा कोरोना पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ३ सय ७४ जनाको नमुना परीक्षण गर्दा धनगढीका ८४ सहित थप १ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो। १ सय ९९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।