धनगढी २१ वैशाख। नेपाली सेनाले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु गरेको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी सञ्चालन हुने आइसोलेसनको निर्माण कार्य नेपाली सेनाले सुरु गरेको हो।
उक्त स्थलमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली गेटा मेडिकल कलेजमा खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए। होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन निर्माण हुने उनले बताए। एक हप्ताभित्रै सेवा समेत सुरु तयारी भइरहेको छ।
मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु भएको थियो।