धनगढी, २१ वैशाख। कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकास्थित विभिन्न अटो वर्कसपले सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेका छन्।
अस्पतालहरुमा उपपचाररत संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम बढेपछि धनगढीको शिवाङ्ग ट्रेडर्सका सञ्चालक विवेक शर्माले विभिन्न अटो वर्कसपबाट खालि तथा भरिएका अक्सिजन सिलिण्डर संकलन सुरु गरेका थिए।
सोही अभियान अन्तरगत संकलन भएका जम्मा १८ वटा सिलिण्डर मंगलबार सेती अस्पताललाई सहयोग गरिएको शर्माले बताए।