धनगढी २१ वैशाख। कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक बिद्यार्थीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा १३ का २२ वर्षीय विद्यार्थीको कोरोनाका कारण मृत्यु भएको हो। सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
एन्टिजेन परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनमा निमोनिया समेत देखिएको अस्पतालले जनाएको छ।
उनको सोमबार राति साढे ११ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो। उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत थिए।