धनगढी: सरकारले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त गर्दै गंगाप्रसाद यादवलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ ।
यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए । यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।