धनगढी, १७ वैशाख। कैलालीमा शुक्रबार पनि निषेधाज्ञा उल्लंघन गर्ने तीन सय ४४ सवारी साधनलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय प्रसासनको आदेशमा जारी भएको निषेधाज्ञा उल्लंघन गर्नेलाइ नियन्त्रण लिइएको हो।
मध्यान १२ बजेको अवधिसम्म तीन सय ४४ सवारीलाइ नियन्त्रणमा लिएर सम्झाइ बुझाइ छोडेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले बताए।