धनगढी,१७ वैशाख/ कैलालीका निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुने भएको छ। आज सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय र निजी अस्पताल संघबीचको बैठकले निजी अस्पतालमा पनि संक्रमितको उपचार गर्ने निर्णय भएको हो।
संघका सुदूरपश्चिम अध्यक्ष जनकराज जोशीले प्रत्येक निजी अस्पतालले ५ देखि १० शैया कोरोना संक्रमितको लागि छुट्याउने निर्णय भएको बताए।
‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सरकारी अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार भइरहेको थियो,’ उनले भने, ‘संक्रमण दर बढेपछि सरकारी अस्पतालमा उपचारका लागि ठाउँ अभाव भएको छ।
त्यसैले निजी अस्पतालमा पनि संक्रमितको उपचार गर्न हामी तयार भएका हौ।’ निजी अस्पतालले भोलिदेखि नै संक्रमितको उपचारका लागि तयारीमा जुट्नेछन्।
