धनगढ, १६ वैशाख/ हिमालय युवा क्लबका अध्यक्ष सुरेश हमालले आगलागी पिडित परिवारलाइ सहयोग गरेका छन्।
जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ मा भएको आगलागी पिडित परिवारलाइ हमालले सहयोग गरेका हुन्।
बुधबार साझँ भएको आगलागीका कारण स्थानीय टंक मिजारको घर जलेर नष्ट भएको थियो।
मिजारको परिवारलाइ चामल, तरकारी, दाल, तेल लगायतको खाद्य सामाग्री सहयोग गरेको हिमालय युवा क्लब लालबोझीका अध्यक्ष सुरेस हमालले बताए।
