धनगढी, १६ वैशाख/ कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भिमदत्त नगरपालिकाका वडा नम्बर ८ की अन्दाजी ३५ वर्षीया नीरा भट्टको रुखबाट लडेर मृत्यु भएको हो।
बिहिबार विहान गाईवस्तुका लागि घाँसकाट्न गएकी भट्टको रुखबाट लडेल घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
रुखबाट खसेकी भट्टको टाउकोमा चोट लगेको प्रहरी नायव उपरीक्षक थापाले बताए। मृतक भट्टको शव परीक्षणका लागि महाकाली अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।