धनगढी: कैलालीमा बिहिवार बिहानदेखि सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले निषेधाज्ञा जारी गरेपछि सवारी साधन सञ्चालन गर्न नपाइने भएको हो । १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म सार्वजनिक सवारी साधन र निजी सवारी साधन सञ्चालन गर्न नपाईने भएको हो ।
खाद्यान्न, पानी, औषधीजस्ता अत्यावश्यक सामाग्री ढुवानी गर्ने साधन, एम्बुलेन्स भने सञ्चालन गर्न पाइनेछ । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सवारी पासको आधारमा मात्रै सरकारी कार्यालयका सवारी सञ्चालन हुनेछन् ।