धनगढी: जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो । उनले भने, ‘ अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि निषेधाज्ञा गर्नुपर्ने बाध्यता देखियो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै बन्द रहनेछन ।’ आवश्यक परे निषेधाज्ञाको अवधि थप्न सकिने उनले बताए ।
यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा नाइट लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । कैलालीमा मात्रै सक्रिय संक्रमितको संख्या तीन सय बढि छ । कैलाली र कञ्चनपुरका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी बढेपछि आइसीयु र भेन्टिलेटरको अभाव छ ।
यस्तो छ सिडिओको आदेश

