धनगढी: कैलालीको दुर्गम मोहन्याल गाउँपालिका–५ तल्लो धमकोटका ४० बर्षीय करन बहादूर सार्की विगत तीन महिनादेखी ब्लड क्यान्सरबाट ग्रसीत छन् । तीन महिना अघि धनगढीको सीपी अस्पताल पुगेका करनलाई अस्पतालले ब्लड क्यान्सर भएको भन्दै रिफर गरेको थियो ।
अस्पतालले रिफर गरेका करन थप उपचारका लागी चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगे । उपचारकालागी अस्पताल पुगेका करनलाई अपस्तालले ७÷८ लाख रुपयाँ खर्च लाग्ने भनेपछि आर्थिक अभावले उनी घर फर्कीए ।
घरको पारिवारीक अवस्था कमजोर भएपछि विगत ३ महिनादेखि करन घरमै छटपटाईरहेका छन् । आर्थीक अभावले उपचार गर्न नसकेको करन यतीबेला कारण ब्लड क्यान्सर (रक्त क्यान्सर) संग लड्दै छन् । आर्थिक स्थिति कमजोर भएका करनका परिवारमा ५ सदस्य छन् । बिहानबेलुका हात मुख जोर्नै मुस्किल पर्ने उनलाई अस्पतालको चर्को खर्चले झन पिरोल्यो ।
उनी भन्छन्, ‘अस्पतालले ७÷८ लाख रुपयाँ खर्च लाग्ने भनेको छ, उपचार गराउन पैसा छैन, पारिवारीक अवस्था नाजुक छ, आर्थिक सहयोग पाए उपचार गराउने अन्तीक चाहाना छ ।’
उनका आफन्त तथा समाजसेवी मोहन साउँदले करनको उपचारको लागी सहयोग गरीदिन अपिल गरेका छन् । उनका बुवा झुपूरे सार्कीले अधबैशे उमेरमै छोराको स्थिति यस्तो भयो । आयस्रोत केही भएन । उपचार गराउन इच्छा हुदादै पनि मुखदर्शक बन्न बाहेक केही गर्नसक्ने अवस्थामा नरहेको बताए ।
करनकी एक पत्नीसहित २ छोराछारी छन् । उनले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
सहयोग गर्न इच्छुकका लागि सँम्पर्क (समाजसेवी) मोहन साउँद ९८४८४०७५९८