टेकसिँह धामी/धनगढी: भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन्। रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम मातृभूमि भित्रिन थालेका हुन्।
हाल कन्चनपुरको गौरीफन्टा नाका भएर नेपाल भित्रिनेको संख्या उलेख्य रुपमा बढेको छ। रोजगारीका लागि भारत पसेका नेपाली भारतमा कोरोना महामारीले भयावह रूप लिन थालेपछि ज्यान जोगाउनका लागि भए पनि मातृभूमि भित्रिन थालेका छन्।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको छ। नाकामा होल्डिङ सेन्टर, हेल्थडेस्कको ब्यबस्थापन गरिएको छ।
भारतबाट भित्रिनेहरुमा कोरोनाको जोखिम उच्च हुने अवस्था दिनप्रति दिन बढ्दै गएकोले नाका क्षेत्रमा कडाई गरिएको छ। कैलाली, कन्चनपुरका गड्डाचौकी, गौरीफान्टा, त्रिनगर र टनकपुर ९ब्रह्मदेवलगायत भारतसँग जोडिएका नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कोरोना जोखिमको दृष्ट्रिले सुदूरपश्चिम उच्च जोखिममा रहेको अवस्था छ।
केही तस्वीर झलक:



