धनगढी: भारतमा पुनः महामारीले डरलाग्दो रूप लिएपछि नेपालीहरू फर्किन थालेका छन् । तर, अवैध सीमा नाका हुँदै लुकीछिपी सोझै घर फर्किन थालेपछि जोखिम बढेको छ । कोरोना पोजेटिभ देखिएका पनि सिधै घर पुग्ने गरेका छन् ।
दिपायल सिलगढी नगरपालिकाका प्रवक्ता कर्ण विष्टले भारतबाट फर्किने नेपालीहरू अवैध बाटो हुँदै गाउँ प्रवेश गर्दा गाउँ नै जोखिममा परेको बताए । सम्बन्धित निकायले सीमानाका व्यवस्थापन गर्नुपर्ने उनको जोड छ ।
