धनगढी: बझाङको थलारा गाउँपालिका-४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको छ । ज्यान जानेमा थलारा ४ ठिङका ३९ वर्षीय प्रेम डौडे रहेका छन् ।
उनलाई वैशाख ८ गते कोरोना संक्रमण देखिएको र वैशाख ११ गते उनको मृत्यु भएको परिवार स्रोतलाई उदृत गर्दै भारतबाट भरत थापाले बताए ।
भारतमा कोरोना संक्रमणले भयानक रुप लिएकाले मृत्युदर बढेको र डौडे शव जलाउन नपाएको थापाको भनाइ छ ।
डौडेसँग उनका छोरा भए पनि अन्यले साथ नदिएको बताइएको छ ।उनी लामो समयदेखि भारतको आन्द्रामा काम गर्दै आएका थिए ।