धनगढी: सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको मागगर्दै विद्यार्थीले तालाबन्दी गरेका छन्। कोरोना महामारीको संक्रमणका बीच विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालय लगायतमा तालाबन्दी गरेका हुन्।
विश्वविद्यालयका पदाधिकारीसँग पटकपटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नु परेको अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए। गजुरेलसहित नेपाल विद्यार्थी संघका बिक्रम बुढा, अखिल ९क्रान्तिकारी० का गणेश राज मिश्रा, अखिल ९क्रान्तिकारी० का अध्यक्ष नागेन्द्र जोशी, अखिल छैठौंका दिपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष शंकर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालयले तत्काललाई कोरोना महामारीमा परीक्षा सञ्चालन कार्य रोक्न माग गरेका छन्।
विश्वविद्यालयले बैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ। विद्यार्थीले कोरोना महामारीमा परीक्षा सञ्चालन गर्न स्वास्थ्य जोखिम हुने भन्दै रोक्न माग गरेका छन्। विश्वविद्यालयका कोरोनाको संक्रमणमा परेका विद्यार्थी, कर्मचारीलगायतको स्वास्थ्य सुरक्षा, क्वारेन्टाइन र आइसोलेसनको यथासिध्र व्यवस्थापन गर्न समेत विद्यार्थीले माग गरेका छन्।