धनगढी: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलाली जिल्लाको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर ओडले एक कार्यक्रम बिच उद्घाटन गरेका हुन् ।
संस्थाका कोषाध्यक्ष शम्भु लामिछानेले आर्थिक वर्ष २०७६ २०७७ रु ९ लाख ३ हजार ६ सय ९३ रुपियाँ बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।
प्रथम जिल्ला अधिवेशनबाट तेजप्रताप मल्ल अध्यक्ष्यमा चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष भिम पडाल, उपाध्यक्षमा शम्भु लामिछाने, सचिबमा सुनिल ओझा, कोषाध्यक्ष योगेन्द्र बहादुर शाही चयन भएका छ्न् ।
यसै गरि सदस्यमा सुरत बहादुर चन्द, रुपक बहादुर बिष्ट, गिता अधिकारी, बाशुदेव जोशी, राम प्रसाद चौधरी, निलम राज जोशी, चन्द्रमणी सापकोटा र निम मिश्र निर्बिरोध चयन भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र शाहले जानकारी दिए ।