धनगढी: नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एसोसिएसन कैलाली जिल्ला अध्यक्षमा बिमल जोगी चयन भएका छन्। शनिबार धनगढीमा आयोजित नेभ्लाको १० औ जिल्ला अधिबेशनबाट जोगी चयन भएका हुन्।
नेभ्ला केन्द्रीय कमिटी अध्यक्ष रामप्रसाद मेहताको प्रमुख आथित्यतामा आयोजित अधिवेशनले जिल्लामा नया नेतृत्व चयन गरेको हो।
नेभ्लाको नव नेतृत्वमा अध्यक्षमा जोगी चयन भएका हुन्। यस्तै उपाध्यक्षमा कमल थापा, सचिबमा डम्मर ओझा, कोषाध्यक्षमा नारायण चौधरी, सदस्यमा क्रमशस् रेखा शाही, दर्शन राम राना,कमित सार्की, रवीना परिमा, अमर साउद, हिक्मत नेपाली, अमित सार्की, निप साउद चयन भएका छन्।
कार्यक्रममा नेभ्ला पूर्व अध्यक्ष लगायत पारा भेटनरीसंग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमका बोल्दै केन्द्रीय अध्यक्ष मेहताले पशु प्राविधिकहरुको हक हितमा काम गर्न सुझाएका थिए ।
यस्तै अधिवेशन उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष खगेन्द्र बोहराले राखेका थिए । यस्तै अध्यक्ष दिपक चौधरीले आफ्नो कार्यकालमा भएका प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेभ्ला प्रदेश संयोजक धन बहादुर चौधरीले मनतव्य व्यक्त गरेका थिए ।

