• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीका व्यापारीलाई कोरोना पिरलो, लकडाउन भए प्रतिरोध गर्ने

"मास्क नलगाई हिँड्नेलाई जरिवाना तिराउँदै प्रहरी "

टेकसिँह धामी/धनगढी: नेपालमा पुनः कोरोना संक्रमण बढ्दै जाँदा धनगढीका व्यापारी फेरि लकडाउन होला कि भन्ने चिन्ताले पिरोलिन थालेका छन्।

लकडाउनकै चिन्ताका कारण धेरै व्यवसायीले नयाँ सामानको अर्डरसमेत गर्न छोडेका छन्। कोरोना संक्रमण बढ्दै जाँदा ग्राहकको संख्या घट्न थालेका व्यवसायीहरू बताउँछन्।

‘ग्राहकले सामान किन्न छोडेपछि व्यापारमा मन्दी आएको छ’, धनगढीस्थित पन्थी स्टोरका सञ्चालक मोहन पन्थीले भने, ‘व्यापार घटेपछि नयाँ सामान राख्ने आँट आएको छैन, त्यसैमाथि लकडाउन हुने हल्लाले चिन्तित बनाएको छ।’ दोश्रो चरणको कोरोना संक्रमण दर बढेसँगै एकाएक व्यापारमा मन्दी आएको उनले बताए।

‘नयाँ वर्ष सुरु हुँदा सुदूरपश्चिममा व्यापार बढ्ने गर्थ्यो’ व्यवसायी शेखर विष्टले भने,‘तर यस वर्ष त्यसो भएन, आम नागरिकमा पनि कोरोनाको त्रास देखिन्छ।’ कोरोना बढ्दै जाँदा आगामी दिनमा के हुने भन्ने अन्योलका कारण नागरिकले किनमेल नगरी भएको पैसा सञ्चित गर्ने गरेको उनी बताउँछन्।

‘सुदूरपश्चिममा नयाँ वर्षसँगै अन्य ठूला चाड पनि सुरु भएका छन्’, उनले भने, ‘यो अवस्थामा पनि नागरिकले किनमेल नगर्दा नयाँ वर्षमा राम्रो व्यापार हुन्छ भन्ने आशा निराशामा परिणत भएको छ, लकडाउन भए त कसरी बाँच्नेरु’

संक्रमण दर बढ्दै जाँदा व्यापार ओरालो लाग्न थालेको धनगढीस्थित म्युजिक फुटवेरका सञ्चालक जगदीश जोशीले बताए। ‘कोरोना संक्रमण बढ्दै जाँदा व्यापार सुस्त बनेको छ’ उनले भने,‘त्यसैमाथि लकडाउन हुने चिन्ताले सताएको छ।’

पहिलो चरण ९२०७६ चैत ११० गतेदेखि जारी लकडाउनका कारण धरासायी बनेको व्यवसाय बिस्तारै लयमा आउन थालेका बेला फैलिएको कोरोनाका कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुग्ने व्यवसायीहरू बताउँछन्।

लकडाउन भए प्रतिकार गर्ने

सरकारले लकडाउनबारे सोच्न पनि नहुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवर बताउँछन्। ‘कोरोना संक्रमण नियन्त्रण गर्ने थुप्रै विकल्प छोडेर लकडाउन गर्छु भन्नु गलत हो’, अध्यक्ष कुँवरले भने, ‘सरकारले लकडाउनबारे सोच्न पनि हुँदैन, त्यसोगरे प्रतिकार गर्न व्यवसायी बाध्य हुनेछन्।’ उनले व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न आग्रह गरे। ‘अब लकडाउन हुँदैन’, अध्यक्ष कुँवरले भने, ‘सरकारले लकडाउन नगर्ने प्रतिबद्धता जनाएको छ, लकडाउन भइहाले पनि हामी त्यसको प्रतिकार गर्नेछौं।’

आंशिक निषेधाज्ञा जारी

कैलालीमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि प्रशासनले आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुनेछन् भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरिएको छ।

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको सूचना अधिकारी जोशीले बताए।

उनका अनुसार सभा, सम्मेलन र जुलुस गर्न वैशाख मसान्तसम्म रोक लगाइएको छ। मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्य मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्न पाइने भएको छ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सहकारीलगायत संघसंस्था विद्युतीय माध्यमबाट सञ्चालन न गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ। आदेश अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारबाही हुने आदेशमा भनिएको छ।

मास्क नलगाई हिँड्नेलाई जरिवाना तिराउँदै प्रहरी

धनगढीमा मास्क नलगाएर हिँड्नेलाई कारबाही थालिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनपछि सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालिएको हो।

संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशन अनुसार कैलाली प्रहरीमातहत रहेका प्रहरी युनिट मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेका हुन्। मास्क नलगाउने लाई सम्झाइबुझाइ एक सय रुपैयाँ जरिवाना गर्ने गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

बुधवार बिहानैदेखि प्रहरीले धनगढीका मुख्य चोकमा मास्कबिना हिँडेकाहरूलाई कारबाही थालेको छ। सुरुमा सम्झाइबुझाइ गर्ने र आवश्यक परे जरिवाना पनि तिराउने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए। अहिले कैलाली जिल्लाको सीमा नाकासँग जोडिएको गौरीफन्टा नाकाबाट हजारौँको संख्यामा नेपालीहरू स्वदेश भित्रिरहेका छन्।

 

बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.