शिवजी मण्डेल/बझाङ: बझाङको थलारा गाउँपालिकामा यस वर्ष सुख्खा खडेरीले नगदेवालीमा ९३.२५ प्रतिशत क्षति भएको सूचना संकलन टोलीको तथ्यांकले देखाएको छ । सुख्खा खडेरीले थलारा गाउँपालिका वडा नम्बर १, २,३, र ४ मा ह्रास आएको सूचना संकलन गर्ने हिँडेको टोलीले बताएको हो।
सूचना संकलन गर्न हिँडेको टोलीले थलारा गाउँपालिका वडा नं १ को थापागाउँका ३० वडा नं २ बगाडाका ३४ वडा नं ३ धामीगाउँका ३९ र वडा नं ४ डिख्लाका ८२ गरि १ सय ८२ घरधुरीको सूचना संकलन गरिएको सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकायाले बताए ।
सूचना संकलन गर्दा अन्तरक्रिया समेत गरिएको थियोे । अन्तरक्रियामा स्थानीयले उत्पादन नहुँदा यो वर्ष भोकमरी हुने हुँदा तत्काल सरकारले राहतको व्यवस्था गरिदिनुपर्ने सुफत मुल्यमा खाद्य सामाग्री उपलब्ध गरिदिनुपर्ने र आगामी खेतीकालागि बीउसमेत नरहेकाले निःशुल्क गहुँको बीउ उपलब्ध गराइदिन मागगरेकाछन् । खडेरीले पानीका मुहान समेत सुक्दैगएका उनीहरूको गुनासो रहेको बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकायाले बताए ।

यो वर्ष लामोखडेरी परेका कारणले सबैतिर अन्नबालीमा ह्रास आएको भएपनि थलाराका वडा नं १,२,३, र ४ का बस्तीहरूमा ज्यादै प्रभाव परेको छ । ती क्षेत्रमा आकाशे पानीको भरमा खेती गरिने हुँदा ज्यादा प्रभाव परेको हो ।
सूचना संकलन गर्ने हिँडेको टोलीले चाडै थलारा गाउँपालिकामा सूचनाको विवरण उपलब्ध गराउने र पत्रकार भेटघाट कार्यक्रम गर्ने बताइएको छ ।
सूचना संकलनमा सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्काको टोली हिँडेको थियोे ।

