• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा धानको बीउको मूल्य निर्धारण

धनगढी: कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको छ ।

यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो ६० रुपैयाँ र मसिनो ६५ रुपैयाँ कायम गरिएको बीजवृद्धि कृषक सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए ।

“किसानलाई खेती गर्दा मूल्यमा एकरूपता होस् र ठगिनबाट जोगिउन् भनी हामीले यस वर्ष मूल्य निर्धारण गरेका छौँ”, प्रबन्धक रावतले भने, “मूल्य समयमै तोकिएमा किसानले बजारमा गुणस्तरहीन धानको बीउ खरिद गर्नु पर्दैन । गुणस्तरीय धानको बीउ प्रयोग गरेमा उत्पादन पनि बढी लिन सकिन्छ ।”

राष्ट्रिय बीउ उत्पादक सङ्घ कैलाली र कञ्चनपुरको गत चैत २१ गते बसेको बैठकले दुवै जिल्लामा लागू हुने गरी धानको बीउको मूल्य निर्धारण गरेको हो ।

उत्पादन क्षेत्रमा लागेका र क्रियाशील बीउ उत्पादक सहकारीलाई मान्य हुने गरी सङ्घले उन्नत बीउसँगै प्रमाणित मोटा धानको बीउ प्रतिकिलो ६८ रुपैयाँ र मसिनो ७० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै मूल बीउ मोटा प्रतिकिलो ७० रुपैयाँ र मसिनो ७५ रुपैयाँ निर्धारण गरेको छ । यसरी निर्धारण गरिएको मूल्य सबैलाई मान्य हुने गरी निर्धारण गरिएको मूल्य कार्यान्वयन गरिरहेको धनसिंहपुर सहकारी संस्थाका प्रबन्धक मुना घर्तीमगरले बताए ।

“मूल्य निर्धारण हुँदा एकरूपता मात्र होइन, किसानलाई सजिलो पनि हुन्छ । किसानले सहकारी तथा सहकारीले वितरण गरेका स्थानबाट खरिद गर्न पाउँछन्”, प्रबन्धक घर्तीमगरले भने, “गुणस्तरीय तथा उन्नत बीउको प्रयोगले उत्पादन बढ्ने भएकाले किसान नयाँ उन्मोचित उन्नत बीउको प्रयोग गर्न थालेका छन् ।”

किसानले प्रयोग गर्ने धानको बीउको जात एकै भए पनि कृषक सहकारी र कम्पनीअनुसार फरक रहने भएकाले किसान ठगीमा नपरुन् भनेर यसरी मूल्य निर्धारण गरिएको बताइन्छ । यसरी निर्धारण गरिएको धानको बीउको मूल्य गत वर्षभन्दा केही महङ्गो छ । गत वर्षभन्दा यस वर्ष धानको बीउ प्रतिकिलो रु पाँचका दरले बढेको छ ।

यस वर्ष सरकारले निर्धारण गरेको मूल्यभन्दा बीउ उत्पादक सहकारी र कम्पनीले १५ प्रतिशत बढी मूल्य तिरेर किसानबाट धान खरिद गरेकाले केही महङ्गो भएको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए । “हामीले धानको बीउ खरिद गर्दा नै महङ्गोमा खरिद गरेका थियौँ । हामीले सरकारले तोकेको मूल्यमा १५ प्रतिशत बढी रकममा किसानबाट खरिद गर्‍यौँ”, उनी भन्छन्, “त्यसलाई हेर्दा अहिले बीउको मूल्य खासै महङ्गो होइन ।”

कैलाली र कञ्चनपुरमा गरी अहिले ३५ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् । तीमध्ये कैलालीको टीकापुर नगरपालिका र जानकी गाँउपालिकामा गरी ११ वटा बीउ उत्पादक सहकारी र कम्पनी छन् । टीकापुर जानकीमा अहिले एक हजार २४७ मेट्रिक टन धानको बीउ मौज्दात रहेको र अहिले ग्रेडिङ कार्य भइरहेको छ ।

“यतिखेर धानको बीउ ग्रेडिङ कार्य चलिरहेको छ । अबको केही दिनमा बीउ बिक्री शुरु हुन्छ”, चौधरीले भने, “यहाँको बीउ नेपालका धेरैजसो जिल्लामा जान्छ । हामीले बीउमा कैलाली जिल्लालाई आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ ।”

कैलाली जिल्लाको टीकापुर र जानकीमा रहेका बीउ उत्पादक सहकारीलाई यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले समेत सघाउँदै आएको छ । सिँचाइ आयोजनाले बीउ उत्पादन, कृषि औजार, सहकारीका भवन निर्माणजस्ता कार्यमा अनुदान र सहयोग गर्दै आएको छ ।

 

बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.