धनगढी: सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३२ पुगेको छ । प्रदेशमा कोरोनाका संक्रमित बढ्दै जाँदा सक्रिय संक्रमित पनि बढ्दै गएका छन ।
संक्रिय संक्रमित मद्ये सबैभन्दा बढी कैलालीमा रहेका छन । कैलालीमा सक्रिय संक्रमितको संख्या १ सय ३४ पुगेको छ । त्यस्तै कञ्चनपुरमा ६१, बैतडीमा १७, डोटीमा ८, डडेल्धुरामा ५, अछाममा ३, बझाङ, बाजुरामा १र१ र अन्य जिल्लामा ३ जना रहेका छन ।
सुदूरपश्चिममा हालसम्म १४ हजार ३ सय ५४ कोरोना संक्रमित भेटिएकोमा त्यसमद्ये १४ हजार ६३ जनाले कोरोना जितेका छन । संक्रमित मद्ये ५९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।