• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिमका ६ जिल्लाको नतिजा : युनियन ४ र चौतारी २ जिल्लामा विजयी

टेकसिँह धामी/ धनगढी: सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ६ जिल्लामा नेपाल पत्रकार महासंघ निर्वाचनको मत गणना सकिएको छ। गणना सकिएकामध्ये नेपाली कांग्रेसनिकट प्रेस युनियनले ४ र एमालेनिकट प्रेस चौतारीले २ जिल्लामा जित हात पारेको छ। कैलाली र कञ्चनपुरका भने आज बिहान ८ बजे देखि मतगणना सुरु गरिएकोमा गणना जारी छ।

यस्तो छ सुदूरपश्चिमका ६ जिल्लाको नतिजा

अछाम

पत्रकार महासंघ अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन्। दुई सदस्यबाहेक विपुल पोखरेल नेतृत्वको प्यानलै विजयी भएको हो। उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन्।

यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन्।

सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन्।

No description available.

दार्चुला

नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा निर्मला शर्मा नेतृत्वको प्रेस चौतारी समूह सबै पदमा विजयी भएको छ।

अध्यक्षमा कृष्ण सिंह धामी, उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी, कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन्।

खुला सदस्यहरूमा क्रमशः मान सिंह कुवर ,जनक राज भट्ट, श्याम सिंह सामन्त,उद्धव सिंह धामी ,रमेश सिंह खत्री,नीरज सिंह धामी विजयी भएका हुन्।

डडेल्धुरा

महासंघ डडेल्धुराका अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन्। युनियनका बरुण पनेरुलाई हराउँदै सिंह विजयी भएका हुन्। उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी , कोषाध्यक्षमा ललित बोहरा , सह सचिवमा भूपेन्द्र बिष्ट र प्रकाश पार्की निर्वाचित भएका हुन्।

सदस्यहरूमा क्रमशः टिकाराम साउद, हर्ष चन्द, आशिष मल्ल, भीम खत्री दीपक राज भट्ट, ममता भट्ट भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भए।

डोटी

डोटी जिल्ला शाखा अध्यक्षमा मोहन शाही निर्वाचित भएका छन्। उनी युनियनका हुन्। उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएका छन्।​ एकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोकराज पाठक,विक्रम खड्का विजयी भएका छन्।

बझाङ

बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी भएका छन्। उनी पनि युनियनका हुन्। उपाध्यक्षमा सम्राट सिंह र बिना रोकाया, सचिवमा ललित सिंह, सुभाष कठायत सह–सचिव जोरेन्द्र खड्का, करुणा जोशी विजयी भएका छन्।

सदस्यहरूमा अशोक खड्का, विष्णु खड्का, उत्तम थापा, दीर्घ बोहरा, तीर्थ बोहरा, झलक सिंह विजयी भए।

बाजुरा

नेपाल पत्रकार महासङ्घ बाजुराको अध्यक्षमा छक्क बहादुर मल्ल निर्वाचित भएका छन्। अध्यक्षमा प्रेम बहादुर विकलाई हराउँदै मल्ल विजयी भएका हुन्। मल्ल युनियनका उम्मेदवार हुन्। बिकले ४४ मत पाएका थिए भने मल्लले ५३ मत पाएका थिए।

उपाध्यक्षमा कालिका उपाध्यायलाई हराउँदै सङ्गीता तिमेल्सेना विजयी भइन्। सचिवमा अनिल शाही, सहसचिवमा गङ्गाराम पण्डित र कोषाध्यक्षमा नहकुल जोशी विजयी भए।

खुल्ला महिला सदस्यमा भुवनेश्वर शाही र दलित सदस्यमा सरिता नेपाली विजयी भए। ईश्वर नाथ,देवराज पाध्याय, प्रमित बिक,प्रशान्त राज जोशी,मानबहादुर ऐडि र रामबहादुर विक सदस्यमा निर्वाचित भएका छन्।

 

बिहिबार, चैत २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.